दफा १८
बेतलबी बिदा
(१) श्रमजीवी पत्रकारलाई उपयोगी र आवश्यक पर्ने विषयमा स्वदेश वा विदेशमा अध्ययन गर्न वा अन्य कुनै विशेष प्रयोजनको लागि सञ्चित बिदा नहुने श्रमजीवी पत्रकारले बेतलबी बिदा पाउन सक्नेछ ।
(२) श्रमजीवी पत्रकारले सेवा अवधि भरमा एकैपटक वा पटक पटक गरी तीन वर्षसम्म बेतलबी बिदा पाउन सक्नेछ ।
तर सञ्चार प्रतिष्ठानले आवश्यक ठानेमा बेतलबी बिदाको अवधि दुई वर्षसम्म थप
गर्न सक्नेछ ।
(३) तीन वर्ष स्थायी सेवा अवधि नपुगी कुनै पनि श्रमजीवी पत्रकारले बेतलबी बिदा पाउन सक्ने छैन ।
(४) श्रमजीवी पत्रकारले बेतलबी बिदामा बसेको अवधि निजको नोकरी अवधिमा
गणना हुने छैन ।